global ime bank Long Banner Ad

गृहपृष्ठ महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट नेपाल मुक्त हुन सकेको छैन : देउवा

महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट नेपाल मुक्त हुन सकेको छैन : देउवा

महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट नेपाल मुक्त हुन सकेको छैन : देउवा

नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको कांग्रेस सभापति शेरबहादुर देउवाले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार शुभकामना विज्ञप्ति जारी गर्दै देउवाले सहरदेखि दुरदराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनाट आक्रान्त रहेको बताएका छन् ।

महिलामाथि हुने विभेद र हिंसाका विरुद्द नारी जागरण आजको आवश्यकता रहेको उनको ठहर छ । कांग्रेसले सबै खालको हिंंसा अन्त्य गर्ने चाहाना राखेको काग्रेस सभापति देउवाले जनाएका छन् । उनले महिलाविरुद्द हुने सबै खाले हिंसाको अन्त्यको लागि आम नागरिकलाई जागरुक गराउन यो दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

‘पार्टी तथा राज्यको हरेक तहमा महिलाको उचित प्रतिनिधित्व रहनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विश्वास राख्दछ । पार्टीको आफ्नो विधानहरुमा वडादेखि केन्द्रसम्म सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको नेपाली कांग्रेसले सुनिश्चिता गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु