गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’
मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’
मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यो अफरअन्तर्गत फागुन १६ गतेदेखि २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिन्छ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फाराम या आवेदन पनि यही अफर समयावधिभित्र दिनुपर्ने कम्पनीले जनाएको छ ।
नारी विशेष अफरका साथै ग्राहकले निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् । सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनएको छ ।
प्रकाशित समय : २०:४९ बजे



















