global ime bank Long Banner Ad

गृहपृष्ठ उखुखेती गर्ने कञ्चनपुरका किसानलाई आधुनिक यन्त्र वितरण

उखुखेती गर्ने कञ्चनपुरका किसानलाई आधुनिक यन्त्र वितरण

उखुखेती गर्ने कञ्चनपुरका किसानलाई आधुनिक यन्त्र वितरण

कञ्चनपुरको लालझाडी गाउँपालिकाकाले व्यावसायिक रूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा प्रदान गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत सञ्चालित मुख्यमन्त्री नमुना कृषिगाउँमा आबद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा प्रदान गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई  कृषियन्त्र र उपकरण अनुदानमा प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बताए । उनका अनुसार किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायतका कृषि सामग्री उपलब्ध गराइएको छ । यसका अतिरिक्त बीउविजन, विषादी, रासायनिक मलसमेत किसानलाई उपलब्ध गराइएको छ । (रासस)

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु