global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन पुटिन र बाइडेनलाई गोर्बाचेभको आग्रह

आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन पुटिन र बाइडेनलाई गोर्बाचेभको आग्रह

आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन पुटिन र बाइडेनलाई गोर्बाचेभको आग्रह

सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो ।

बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन्, जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ । यसलाई पुटिनले सकारात्मक विकासको रूपमा स्वागत गरेका छन् ।

गोर्बाचेभले इन्टरफ्याक्स समाचार संस्थासँगको कुराकानीमा भने, 'एक महिनाअघि बाइडेनले अमेरिकी सत्ताको नेतृत्व गरेपछि फोन वार्ता गरेका दुई नेताले निकट भविष्यमा भेट गरी आणविक हतियारको नियन्त्रण विषयमा कूटनीतिक पहललाई जारी राख्नुपर्छ ।'

मुख्य कुरा आणविक युद्धबाट जोगिनु रहेको गोर्बाचेभको भनाइ छ । 'यस्तो समस्याबाट जोगिनुपर्ने भएकाले यसलाई एक्लै समाधान गर्न असम्भव छ, भेट्नु जरुरी छ,' उनले भने, 'निरस्त्रीकरण प्राप्त गर्ने र सुरक्षालाई सुदृढ पार्ने दृढ इच्छा भएमा धेरै कुरा समाधान गर्न सकिन्छ ।'

यो वर्षको सुरूमा ८९ वर्षीय गोर्बाचेभले दुबै पक्षलाई सम्बन्ध सुधार गर्न आग्रह गर्दै रूस र अमेरिकाबीचको अहिलेको अवस्था ठूलो चिन्ताको विषय भएको बताएका थिए ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु