global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राज्यले सहजीकरण गरे निजी क्षेत्रबाटै द्रुत आर्थिक विकास सम्भव : चन्द्र ढकाल

राज्यले सहजीकरण गरे निजी क्षेत्रबाटै द्रुत आर्थिक विकास सम्भव : चन्द्र ढकाल

राज्यले सहजीकरण गरे निजी क्षेत्रबाटै द्रुत आर्थिक विकास सम्भव : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रबाटै छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन् । उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहमा उनले भने, 'तीनवटै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरियो भने निजी क्षेत्रमार्फत छोटो समयमै मुलुकको विकास सम्भव छ ।'

छोटो समयमा द्रूत आर्थिक विकास हासिल गर्न सफल रहेको मलेसियाको उदाहरण प्रस्तुत गर्दै ढकालले भने, 'राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरणमात्र गरिदिने हो भने विकास गर्न समय लाग्दैन ।' राज्यले बिनालगानीको पाट्नरको रुपमा निजी क्षेत्रले गरेको लगानीबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।

'केही वर्षपहिले मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आउनुभएको थियो । त्यसबेला मैले उहाँलाई काठमाडौँका केही स्थान घुमाउने अवसर पाएको थिएँ । त्यही क्रममा मैले सोधेँ‑ यति छिटो समयभित्र मलेसियाले गरेको विकासको रहस्य के हो ? उहाँले भनेको मैले अहिले पनि सम्झिरहेको छु‑ राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरणमात्र गर्दियो भने विकास गर्न समय लाग्दैन,' ढकालले स्मरण गरे ।

निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने त्यसबाट हुने रोजगारी सिर्जना, कर तथा राजस्व संकलन र अन्य भौतिक पूर्वाधारको निर्माणबाट राज्यले पर्याप्त फाइदा लिनसक्ने उनले स्पष्ट पारे । 'मुलुक संघीयतामा गइकेपछि नेपालमा पनि धेरै स्थानीय तहमा लगानीका लागि एक प्रकारको प्रतिस्पर्धा सुरु भएको छ,' उनले भने

निजी क्षेत्रलाई राज्य तथा यसका निकायबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको उनले बताए । निजी क्षेत्र व्यावसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्न जरुरी रहेको उनको धारणा छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयको मागबमोजिम केही समयभित्रै ग्लोबल आइएमई बैंकको शाखा उदयपुरको कटारीमा पनि खोल्ने प्रतिबद्धता व्यक्त गरे । उनी ग्लोबल आइएमई बैंकका अध्यक्ष पनि हुन् ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु