global ime bank Long Banner Ad

गृहपृष्ठ भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र  राजधानी काराकास छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो ।

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका थिए । युरोपेली युनियनका विदेश मन्त्रीहरुको बैठकले 'लोकतन्त्रको अपमान' गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारीविरुद्ध प्रतिबन्धहरु घोषणा गरेको थियो । मन्त्री अरेजाले भने, 'आज, राष्ट्रपति निकोलास मदुरोको निर्णयबमोजिम इसाबेल ब्रिलहान्टलाई देश छाड्न ७२ घण्टाको समयावधि राखेर आदेश दिएका छौं ।' 

उता, ब्रसेल्समा युरोपेली युनियनले भेनेजुएलालाई आफ्नो निर्णय फिर्ता गर्न माग गरेको छ । इयूका प्रवक्ता नबिला मासरालीले भेनेजुएलाको निर्णयप्रति खेद व्यक्त गर्दै यस निर्णयले अन्तर्राष्ट्रिय जगतबाट भेनेजुएला थप एक्लिने चेतावनी दिएका छन् । 

राष्ट्रपति मदुरोले टेलिभिजनमा सम्बोधन गर्दै युरोपेली राजदूतलाई निश्कासन गर्ने निर्णय अलोकप्रिय र ठीक नदेखिए पनि आफूहरुले बाध्य भएर यस्तो निर्णय गर्नु परेको बताए । (रासस)

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु