Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

‘म आफ्ना प्राविधिक सफलता र साझेदारीहरु’ प्रदर्शित गर्दै ओपो

न्युज कारोबार काठमाडौं फागुन ११, २०७७       

‘म आफ्ना प्राविधिक सफलता र साझेदारीहरु’ प्रदर्शित गर्दै ओपो

अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले मोबाइल वल्र्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्वतनहरुका बारेमा केही संकेत प्रस्तुत गरेको छ । फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरुका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परीक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविष्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र ईन्टरनेट अफथिङ्स (आइओटी) हरु प्रदर्शित गर्नेछ ।

सबैका लागि ‘फास्टर चार्जिङ’

ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन मार्फत ओपोले नयाँ ताररहित चार्जिङ प्रविधिहरु प्रदर्शित गर्नुका साथै भोक फ्ल्यास चार्जिङअन्तर्गत नयाँ विकासहरु ओपोले प्रदर्शित गर्नेछ । तर, तीमध्ये पनि सबैभन्दा रोचक दैनिकीमा उपयोग हुने हरेक किसिमका उपकरणलाई तीव्र गतिमा चार्ज गर्न सघाउने विश्वव्यापी पहलको प्रदर्शनी हुनेछ ।

सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्यास चार्जिङ क्षेत्रको अगुवाई गरिरहेको छ । एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि ईकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिलेभन्दा व्यापक रुपमा अझ बढी व्यक्तिहरु माझ पुग्न सघाउँछ ।

फाइभजीका सम्भावनाहरु

सन् २०२०का असंख्य परीक्षणपश्चात् यस पटक चाइना युनिकमबुथमा आगन्तुकहरुले ओपोको ५जी एमएम(स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पाउने छन् । ५जी एमएम(वेभले ५जी एप्लिकेसनका नयाँ पिढीका लागि जग बसाल्ने छ । ओपोको ५जी सीपीईमा उपलब्ध गरिएको यो प्रविधि पनि एमडब्ल्यूसीएसमा प्रदर्शित गरिनेछ । ओपोको ५जी सीपीईले ५जी सिग्नललाई स्थिर र अतितिब्र वाई(फाई कनेक्शनमा परिणत गर्छ ।

एरिक्शन जस्ता उद्योगकै अग्रणी पार्टनर्ससँग सहकार्य गर्दै दूई नयाँ प्रप्राइटरी एन्टेना सोल्यूशन्सको विकासपश्चात् ५जी सीपीईले भविष्यका घरका लागि उच्च गतिको कनेक्टिभिटीलाई वास्तविकतामा परिणत गरेको छ । ओपो बुथमा पाल्नुहुने आगन्तुकले यस्तै अनेकन प्रविधिहरु अवलोकन गर्न पाउने जानकारी दिइएको छ । ओपोका ग्लोबल मार्केटिङका अध्यक्ष विलियम ल्यूले भने, ‘ओपोका लागि आकाशनै सीमा हो । मोबाइल वल्र्ड कंग्रेस २०२१ शंघाईमा हामी नयाँ पुस्ताका चार्जिङ प्रविधिका साथै स्मार्टफोनबाट मल्टि ईन्डष्ट्रि सेक्टरमा ओपोको अग्रगामी कदमका बारेमा समेत जानकारी दिनेछौँ ।’

सम्बन्धित खबरहरु