Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

आयल सप्लायर्समा आगलागी, १ जना घाइते

न्युज कारोबार संखुवासभा फागुन ११, २०७७       

आयल सप्लायर्समा आगलागी, १ जना घाइते

चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्ण रुपमा जलेर नष्ट भएको छ । चैनपुर- ७ मा रहेको सप्लायर्समा मंगलबार बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीका कारण  खुल्न सकेको छैन । (रासस)

सम्बन्धित खबरहरु