साताको पहिलो दिन सुनको मूल्य बढ्यो
वि.सं.२०७७ फागुन ९ आइतवार १६:५४
shares

शुक्रबार १ हजार घटेको सुनको मूल्य साताको पहिलो दिन भने बढेको छ । आज सुन ८ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३३० रूपैया कायम भएको महासंघले जनाएको छ ।

























