शुक्रबार थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको निधन
वि.सं.२०७७ फागुन ७ शुक्रवार २२:१५
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ।
वितेका २४ घण्टामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ। शुक्रबार थप १ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ।
हाल देशभर १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६८ जना क्वारेन्टिनमा छन् ।

























