global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट

परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट

परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट

बेनी, म्याग्दी, ९ पुस (रासस) — म्याग्दी जिल्लामा पहिलो पटक सबै धर्मका अगुवा एकै ठाउँमा भेला भएर परम्परागत कुप्रथाका विरुद्ध सचेतना वृद्धि गर्ने निर्णय गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न एक छलफल कार्यक्रममा ती धार्मिक अगुवाले यस्तो निर्णय गरेका हुन् ।

सो कार्यक्रममा विभिन्न धर्मका नाममा परम्परागतरुपमा सञ्चालन हुँदै आएका समाज र समुदायका लागि हानिकारक परम्परागत व्यवहारका सम्बन्धमा छलफल गरिएको थियो । धर्मको नाममा हाम्रो समाजमा हुने बालविवाह, छुवाछूत, दाइजो प्रथा, बलिप्रथा, घरेलु हिंसा, लैंगिक विभेद, बोक्साबोक्सी प्रथा, छाउपडी प्रथा, देउकी प्रथाजस्ता हानिकारक परम्परागत प्रथाको न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्नेमा धार्मिक अगुवाको एकमत रहेको थियो ।

सो कार्यक्रममा हिन्दूधर्मका अगुवा रघुनाथ आचार्यले कुनै पनि धर्म र धार्मिक ग्रन्थले बालविवाह, लैंगिक विभेद, छुवाछूतजस्ता कुप्रथालाई प्रोत्साहन नगरेको र सबै धर्मको उद्देश्य शान्ति र सद्भाव कायम गर्नुरहेको बताए ।

त्यसैगरी क्रिश्चियन धर्मका अगुवा कृष्णबहादुर पुनले सबै धर्मले एकअर्काको अस्तित्वलाई स्वीकार्नुपर्ने बताए । प्लान इन्टरनेशनल नेपालको सहकार्य, महिला हिंसाविरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालको समन्वय र सिविन म्याग्दीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा म्याग्दीका सबै धर्मका अगुवाको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु