global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ किन ओह्रालो लागिरहेछ नेप्से? तीन महिना यताकै न्यून

किन ओह्रालो लागिरहेछ नेप्से? तीन महिना यताकै न्यून

किन ओह्रालो लागिरहेछ नेप्से? तीन महिना यताकै न्यून

काठमाडौँ — लगातार घटिरहेको नेप्से मंगलबार तीन महिनायताकै न्यून विन्दुमा झरेको छ । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनपछि एक दिनबाहेक सबै दिन घटेको नेप्से मंगलबार १ हजार ४ सय ४७.०४ विन्दुमा ओर्लेको हो । यो पछिल्ला तीन महिनायताकै न्यून हो ।

यसअघि कात्तिक २३ गते नेप्से १ हजार ४ सय ६०.७३ विन्दुमा झरेको थियो । चुनावपछि (मसिंर २४ गते देखि) को कारोबारमा अधिकांश दिन नेप्से घटे पनि मंगलबारको गिरावट ‘इन्ट्रा डे’ मा कात्तिक १९ यताकै उच्च हो । मंगलबार नेप्से परिसूचक २०.६४ अंकले घटेको छ ।

नयाँ सरकार गठनमा देखिएको अन्योलका कारण लगानीकर्ताको मनोबल बढ्न नसकेकाले नेप्से लगातार घटेको जानकारहरू बताउँछन् । ‘नयाँ सरकारको अन्योल छँदै थियो, फेरि बैंकहरूले ब्याज बढाउन थाले, यसकारण मंगलबार नेप्सेको घट्ने दर बढेको हो,’ एक धितोपत्र ब्रोकरले भने । बजारमा लगानीकर्ताको उत्साहमा निकै कमी आएकाले त्यो बढाउन राज्यस्तरबाट कुनै सकारात्मक सन्देश आवश्यक रहेको उनको भनाइ छ । ‘ऋणको ब्याज तिर्ने समय नजिकिँदै छ,’ एक ब्रोकरले भने, ‘सेयर बेचेर ब्याज तिर्नेहरूका कारण बिक्रीतर्फ चाप बढी छ । यसले पनि बजार घटाइरहेको छ ।’
सार्वजनिक बिदाका कारण सोमबार बन्द भएको नेप्से मंगलबार सुरुदेखि नै उच्च दरले ओरालो लागेको थियो । कारोबार सुरु भएको आधा घण्टापछि बजार केही सम्हालिए पनि अन्त्यमा करिब साढे २० अंकले घटेर बन्द भयो । उक्त दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक १.३५ र कारोबारमा रहेका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक १.६३ प्रतिशतले घटे ।

कारोबारमा आएकामध्ये ‘अन्य’ बाहेक बाँकी समूहको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले ओरालो लागेको हो । करिब ६ हजार २ सय कारोबारबाट १ सय ५९ कम्पनीका १० लाख ३८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ५४ करोड रुपैयाँ परिचालन भयो । कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ । १ सय २६ कम्पनीको सेयर मूल्य घटयो र बाँकी २० कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार ‘अन्य’ समूहको परिसूचक ०.८२ प्रतिशतले सकारात्मक रहयो । तर, व्यापार समूहको परिसूचक २.४१, विकास बैंकको २.२१, वित्त कम्पनीको २.१६, जलविद्युतको र लघुवित्तको समान दर (१.८४) प्रतिशत), बिमा समूहको परिसूचक १.८३, बैंकिङको १.४५, उत्पादन तथा प्रशोधनको १.२१ र होटलको १.११ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु