global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तरलता अभावको संकेत, बाणिज्य बैंकले बढाए ब्याजदर

तरलता अभावको संकेत, बाणिज्य बैंकले बढाए ब्याजदर

तरलता अभावको संकेत, बाणिज्य बैंकले बढाए ब्याजदर

केही बैंकले रोके कर्जा
काठमाडौं – वाणिज्य बैंकहरुले लगानीयोग्य पुाजी कम हुदै गएको भन्दै मुद्धति खातामा रहेको निक्षेप बाहिरिन नदिन ब्याजदर बढाएका छन् ।

गत वर्ष लगानीयोग्य पुाजीको चरम अभाव हुादा बैंकहरुले महंगो ब्याजदरमा मुद्धति निक्षेप उठाएका थिए । यसपाली पनि तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्धति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् ।

‘तरलता अभावको सम्भावना कायमै छ, गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनुपर्ने बाध्यता भएको हो’ एक बैंकरले भने । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकााशको माघमा परिपक्व हुदैछ । ऋण लगानी गर्न रकम नभएपछि गत वर्ष वाणिज्य बैंकले बजारबाट १४ प्रतिशतसम्ममा निक्षेप उठाएका थिए ।

अधिकााश बैंकको मुद्धति निक्षेपको रकम फिर्ता हुने समय आएपछि यसलाई रोक्न बैंकले व्यक्तिगत मुद्धतिमा ब्याज दर बढाएको नेपाल राष्ट्र बैंक स्रोतले बतायो । “अहिले बजारमा पर्याप्त तरलता रहेका बेला लगानी गर्ने रकम समस्या देखिन्दैन” स्रोतले भन्यो “गत साल महंगोमा उठाएको व्यक्तिगत मुद्धति निक्षेपलाई रोक्न बैंकले ब्याज दर बढाएका हुन् । बैंकिङ प्रणालीमा अझै ४६ अर्ब रुपैयाा तरलता छ ।” पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको स्रोतको भनाई छ ।

अहिले बैंकबीच ब्याज दर बढाउन प्रतिस्पर्धा देखिएको छ । बैंकहरुले पैसा उठाउन व्यक्तिगत मुद्धति निक्षेपमा न्युनतम् १० प्रतिशत ब्याज दिने प्रस्ताव गरेका छन् । मेगा बैंक, सेन्चुरी, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु र सानिमाललगायत अधिकााश वाणिज्य बैंकले १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेका छन् ।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ वर्षमा ९ प्रतिशत ब्याज दिने मुद्धति निक्षेप योजना बिहीबार सार्वजनिक गरेका छ । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् ।

लगानी गर्न पुाजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले बताए । विकास न्युजसंग कुरा गर्दै उनले केही बैंकमा तरलता भएपनि अधिकााश बैंकसंग लगानी गर्ने रकम नभएको जानकारी दिए । केही बैंकले कर्जा रोकिसकेको जानकारी पाएको उनले सुनाए । निक्षेप तान्न सानिमाले पनि ब्याज दर बढाएको उनले बताए ।

“१२ प्रतिशत ब्याजमा निक्षेप उठाउदा कर्जाको ब्याजदर कति हुन्छ ? तपाइ नै अनुमान गर्नुस,” उनले भने, “त्यसैले सानिमाले घरकर्जा १३ र अन्यलाई १५ प्रतिशत ब्याज लिने भएको छ ।” कर्मचारी संचय कोषलगायत अन्य संस्थागत लगानीकर्ताले पनि ब्याज दर बढाएर १२ प्रतिशत पुऱ्याएको उनको भनाई छ ।

पुस मसान्तभित्र अर्बो रुपैयाा करको रुपमा राज्यको ढुकुटीमा जाने भएकाले आउदा दिनमा तरलताको अभाव हुने संभावना देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । अहिले नै राज्यको ढुकुटीमा ३ खर्ब रुपैयाँ बचत रहेको बताउदै उनले पुसमा करको रुपमा रकम थप हुदा बजारमा तरताको समस्या आउने संभावना रहेको बताए ।

तरलताको अवस्था तलमाथि भइरहेकाले बैंकलाई योजना बनाउनका लागि प्रक्षेपण गर्न समस्या परेको उनको भनाई छ । गत वर्ष लिएको व्यक्तिगत मुद्धति निक्षेप रोक्नलाई ब्याजदर बढाउनु परेको उनको भनाई छ । माछापुच्छ्रेले अहिले व्यक्तिगत निक्षेप रोक्न वार्षिक १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ ।

संचय कोषलगायत संस्थागत निक्षेपकर्ताले ब्याजदर बढाएर १२ प्रतिशत पुऱ्याएको उनको भनाई छ । कोषका कामु प्रशासक दीपक रौनियारले बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशतमा ब्याज दिएको बताए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले बिहीबार आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु