global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बालबालिकाको विज्ञान प्रदर्शनी

बालबालिकाको विज्ञान प्रदर्शनी

बालबालिकाको विज्ञान प्रदर्शनी

पूर्वी नवलपरासीको देवचुली कलेजका सुरज विकले ड्रोन क्यामेरा बनाएको धेरै भयो । तर उनको यो प्रविधि कसैले हेर्न पाएका थिएनन् । देवचुली विज्ञान, इन्जिनियरिङ तथा गणित क्लबको आयोजनामा नवलपुरस्तरीय बृहत् विज्ञान प्रदर्शनी आयोजना गरिएपछि धेरैको ध्यान यसैले तान्यो ।

बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबास बढ्दो छ । बढ्दो प्लटिङले बस्ती कुरूप देखिनुका साथै विद्युत् र खानेपानी आपूर्ति राम्ररी नपुगेको देख्दा भीमसेन आदर्श उच्च माविका विद्यार्थीमा आफ्नो गाउँघर कसरी व्यवस्थित गराउन सकिन्छ होला भन्ने सोच आयो ।
दुई/चार जना साथी मिलेर आफ्नो गाउँमा खेलमैदान, खानेपानी टयांकी, पार्कसहितको योजना बनाएर राखे । यो योजनालाई पनि धेरैले मन पराए ।
गत बिहीबारदेखि रजहरमा सुरु विज्ञान प्रदर्शनीमा १८ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रदर्शनीमा बालबालिकाको कला र प्रविधिप्रतिको चासो देखेर अभिभावक र सरोकारवाला दङ्ग परे । विद्यार्थी आफैंले पहिलो पटक विज्ञान प्रदर्शनी आयोजना गरेको विद्यालयका प्राचार्य नारायण भण्डारीले बताए ।
प्रदर्शनीमा जिल्लाका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले बनाएका विभिन्न प्रविधि राखिएका थिए ।

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु