गृहपृष्ठ घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने
घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने
काभ्रे- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृह कार्यमा जुटेको छ ।
विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले घर बनाइदिने गृहकार्यमा जुटेको हो ।
“एकल महिला सबैलाई घर बनाइदिने कि भनेर तथ्यांक संकलन गर्दा धेरै आएकाले निश्चित कोटा निर्धारण गरेका हौँ,” प्राधिकरणका काभ्रे जिल्ला प्रमुख धु्रव गैँडाले भने-“ ती तथ्यांक संघीय आयोजना कार्यान्वयन एकाइ र पुनःनिर्माण प्राधिकरणमा माघ ५ गतेभित्र पठाइसक्न प्रत्येक नगरपालिका र गाउँपालिकामा पत्र पठाइसकिएको छ ।”
घर बनाउन नसक्ने अवस्थाका मानिस देखेर नै नयाँ नीति निर्माण गर्नका लागि केन्द्रलाई अनुरोध गरेको र केन्द्रले पनि पहिले तथ्यांक संकलन गर्न अनुमति दिएको उनले बताए ।
प्रकाशित समय : १३:३२ बजे