global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एनआरएनले दश अर्बको लगानी कोष स्थापना गर्ने

एनआरएनले दश अर्बको लगानी कोष स्थापना गर्ने

एनआरएनले दश अर्बको लगानी कोष स्थापना गर्ने

काठमाडौँ- गैरआवासीय नेपाली संघ ९एनआरएन०ले नेपालमा १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । एनआरएन र नेपाल आर्थिक पत्रकार समाज ९सेजन० बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए ।

कोषको स्थापनाका लागि सरकारी निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए । एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको सो अवसरमा जानकारी दिइएको थियो ।

एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिका बारेमा सो अवसरमा जानकारी गराउनुभएको थियो । एनआरएनले बागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ । सो परियोजनाको निर्माण लागत करिब रु दुई करोड २५ लाख अनुमान गरिएको छ ।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु