गृहपृष्ठ प्लास्टिक  र पानीको बोतलबाट डिजेल उत्पादन

प्लास्टिक  र पानीको बोतलबाट डिजेल उत्पादन

प्लास्टिक  र पानीको बोतलबाट डिजेल उत्पादन

रसुवा- रसुवामा प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट०का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरिएको हो ।

पर्यटकीय क्षेत्र लाङटाङमा छरिएका प्लास्टिक तथा बोतल व्यवस्थापन गरी वातावरण स्वच्छ पार्ने र ती प्लास्टिकजन्य वस्तुको सदुपयोगको गर्न ६५ जना स्थानीय व्यक्तिलाई दुईदिने प्रशिक्षणे समेत दिएको जानकारी नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद दिए । “पानीका बोतल प्रशोधन गरी अर्को बोतल बनाउन पोखरा पठाइने र प्लास्टिकबाट डिजेल उत्पादन कार्यलाई निरन्तरता दिन पिएसडी नेपाल संस्थाका आर्थिक सहयोग र कार्ययोजना बनाउने काम अघि सारिएको उनले बताए ।

प्लास्टिकबाट डिजेल उत्पादन गर्दा सवारीका लागि इन्धनको व्यवस्था हुने र यसले वातावरण प्रदूषणमा समेत न्यूनीकरण गर्ने भएकाले यस्ता कार्यलाई स्थानीय तहले पूर्णरुपमा सहयोग गर्ने गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङले बताए ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु