nmb bank

गृहपृष्ठ डिपिआरको काम सुरु

डिपिआरको काम सुरु

डिपिआरको काम सुरु

चितवन – जिल्लाको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को काम सुरु भएको छ ।
इको कोड नेपाल प्रालिले डिपिआरको काम सुरु गरेको हो । माघ ७ बाट सुरु भएको आज स्थानीय जनप्रतिनिधिको उपस्थितिमा छलफल गरी डिपिआर प्रक्रियालाई तीव्रता दिइएको
इको कोड नेपाल प्रालिका इन्जिनियर कुमार धमलाले बताए । छ महिनाभित्रै डिपिआरको कामलाई पूरा गर्ने गरी काम अगाडि बढेको छ । उहाले जानकारी दिए ।
डिपिआरको काम सकिएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० पनि तत्काल सुरु गरिने बताए ।

शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिका–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ विघा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले एक प्रदेश, एक औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणाअनुरुप प्रदेश नं।३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । चितवन उद्योग संघका पदाधिकारी, वडा अध्यक्ष, डिपिआर गरिरहेको टोलीले औद्योगिक क्षेत्रको निरीक्षण समेत गरेर त्यहाँको वस्तुस्थितिवारे जानकारी लिए ।

औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग संघले निर्माणको अगुवाई गरिरहेको छ । संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रमा वातावरणमैत्री उद्योगहरू राखिने बताए ।

शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुने भएपछि स्थानीय निकाय पनि हर्षित भएका छन् । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र नगरपालिकाकै गौरवको आयोजना भएको बताए ।

शक्तिखोर औद्योगिक क्षेत्र पूर्व पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरतर्फ पर्दछ ।

प्रकाशित समय : २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु