गृहपृष्ठ माघमा पनि धान रोपाइँ
माघमा पनि धान रोपाइँ

पथरी- माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ, तर मोरङमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् ।
रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आएको छ । १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको खेतमा घुटराज धान रोपिएको छ । रोपेको धान वैशाख अन्तिममा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको उनले भने । अहिले खेती गर्न धेरै मेहनत गर्नुपर्ने र खर्चसमेत बढीनै गर्नुपर्ने भएको भनाइ उनको छ । ६० मनदेखि ८० मनसम्म धान उत्पादन हुने गरेको छ । वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदूरसमेत नपाउने गरेको र मजदूर नहँुदा खेतीपाती गर्न समस्यासमेत परेको केवरतले बताए । धान रोपिसकेपछि सो धानमा हाल्ने औषधि र मल नेपाल सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्को मूल्यमा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।
प्रकाशित समय : ०९:०९ बजे