global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली र चिनियाँ उद्यमीबीच भेटवार्ता

नेपाली र चिनियाँ उद्यमीबीच भेटवार्ता

नेपाली र चिनियाँ  उद्यमीबीच भेटवार्ता

काठमाडौ-नेपाल उद्योग वाणिज्य महासंघ र चीन व्यावसायिक वार्ताका लागि नेपाल आएका प्रतिनिधिमण्डबीच आज भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा दुवै देशका निजी क्षेत्रबीचमा सम्बन्धलाई विकास गर्नुका साथै नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई सहजीकरण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि आएको छ सदस्यीय प्रतिनिधिमण्डललाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वागत गर्नुभएको थियो ।
गोल्छाले नेपालमा रहेका सम्भावनाको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डललाई नेपालको लगानीका क्षेत्रका बारेमा जानकारी गराए । नेपाल र चीनका लगानीकर्ता, रियल स्टेट डेभलपर्स, कृषि व्यवसायी, सौर्य ऊर्जा एवं पूर्वाधार निर्माणसँग सम्बन्धित व्यवसायीको भेटवार्ताले सकरात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिकरूपमा अझ बढी प्रगाढ बनाउने विश्वास रहेको बताए ।

महावाणिज्यदूत रवि भट्टराईले नेपाल लगानीका लागि उत्तम देश भएको र यहाँ लगानी गर्नेले सफलता हासिल गर्नसक्ने तथा नेपाली पनि चीनमा आफ्नो व्यापार÷व्यवसाय विस्तार गर्न इच्छुक रहेकोसमेत जानकारी गराए । उक्त भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलका व्यवसायीले निकट भविष्यमा अन्य क्षेत्रमा पनि आफूहरू लगानी गर्न इच्छुक रहेको धारणा चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलले व्यक्त गरेको महासंघले जनाएको छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु