nmb bank

गृहपृष्ठ राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

काठमाडौँ- नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिएका छन् । पाकिस्तानी दूतावासद्वारा आज यहाँ आयोजित ‘जम्मु कास्मिकर विवादको ऐतिहासिक यथार्थ’ विषयक प्रवचनमा उनले कास्मिरका जनताको भावना बमोजिम जनमत संग्रह हुनुपर्ने राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड दिए ।
वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लंघनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसंघकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गरे । विश्लेषक शास्त्रदत्त पन्तले पण्डित नेहरुले गरेको वाचा बमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने विचार व्यक्त गरे । हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा उक्त दिवस आज यहाँ आयोजना गरिएको हो । रासस

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु