गृहपृष्ठ गैरकानुनी रुपमा कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गीमाथि अनुसन्धान सुरु
गैरकानुनी रुपमा कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गीमाथि अनुसन्धान सुरु
काठमाडौं – नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।
एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका वेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।
सीआईबीले खड्गीमाथि अनुसन्धान थालेको भए पनि अहिले अनुसन्धान प्रारम्भिक चरणमै रहेको सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।
प्रकाशित समय : १२:४५ बजे