nmb bank

गृहपृष्ठ प्रदेश ५ मा मन्त्रालय स्थापनाका काममा तीव्रता

प्रदेश ५ मा मन्त्रालय स्थापनाका काममा तीव्रता

प्रदेश ५ मा मन्त्रालय स्थापनाका काममा तीव्रता

बुटवल । प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठक सकिएलगत्तै बुटवलमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रीपरिषदको कार्यालय एवं विभिन्न मन्त्रालयहरु स्थापना गर्ने क्रमलाई तीव्र पारिएको छ । प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय लगायतका मन्त्रालय स्थापना भैसकेका छन् । अन्य मन्त्रालयका लागि पनि आवश्यक तयारी तीव्र पारिएको छ ।
प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित विभिन्न मन्त्रालयहरु स्थापनाको तयारीलाई तीव्रताका साथ अघि बढाइएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठक सम्पन्न भएलगत्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिका–४ स्थित श्रम कार्यालयको नवनिर्मित भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गरिएको छ ।
सो भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँगै अन्य ३ वटा मन्त्रालय पनि रहने जनाइएको छ । उक्त भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँगै यहाँ आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला योजना मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र बन तथा वातावरण मन्त्रालय रहने प्रदेश ५ का सचिव शंकर पाठकले बताए । अन्य मन्त्रालयका लागि पनि बुटवलका बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका भवनहरु प्रयोग गर्ने गरी आवश्यक तयारी भैरहेको उनले बताए ।
सचिव पाठकका अनुसार हाल भूमिगत जलश्रोत विकास कार्यालय रहेको भवनमा भूमि वयवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, व्यवसायिक सीप विकास तालिम केन्द्रको भवनमा सामाजिक विकास मन्त्रालय, यातायात व्यवस्था कार्यालयको भवनमा यातायात तथा पूर्वाधार मन्त्रालय रहने छन् । यी कार्यालयहरुमा मन्त्रालय राख्ने हिसावले फर्निचर व्यवस्थापन, भवन, पर्खाल लगायतका संरचनाको आवश्यक मर्मत सम्भार, रंगरोगन गर्ने जस्ता कार्यहरु तीव्ररुपले अघि बढाइएको छ । गत माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकले आगामी फागुन २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ भने ३ गतेबाट सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु