गृहपृष्ठ ‘केही गरौं भन्ने ऊर्जा पलाएको छ’
‘केही गरौं भन्ने ऊर्जा पलाएको छ’

केशब थापा
वडाध्यक्ष, तादिगाउ“पालिका वडा नं ६ वडा
केशव थापा आफ्नो व्यवसायिक जीवनसँगै सामाजिक जीवनलाई पनि उत्तिकै सक्रियतापूर्वक अघि बढाइरहेका छन् । जेठमा वडाअध्यक्ष निर्वाचित भएपछि उनी आफ्नो वडालाई कसरी नमूना बनाउने भन्नेमा तल्लिन छन् । उनै थापासँग न्यूजकारोबारले गरेको कुराकानीको सम्पादित अंश ः
अचानक राजनीतिमा आउनु भयो स्थानीयचुनाव पनि जित्नु भयो, कस्तो अनुभव भएको छ ?
आफनो व्यवसाय गरिरहेको मान्छे , एक्कासी १९ वर्षपछिको स्थानीय चुनावमा वडा अध्यक्षमा विजयी भएपछि आफ्नो व्यापारको फाइदा घाटाको कुरा अर्कै छ । व्यवसायिक अनुभवबाट आएको भएपनिखासै फरक अनुभव गरेको छैन् तर, वडाअध्यक्षको हैसियतले वडाका हरेक व्यक्तिको बिषयमा सोच्नुभने पर्छ ।
वडा अध्यक्षको रुपमा जिम्मेवारी आएको छ । स्थानीय सरकारको रुपमा स्थानीय विकासको लागि बुद्धि विवेकले भ्याएसम्म विकासको खुड्किलो पार गर्दै लैजाने कोशिस गरेको छु ।
चुनावपछि स्थानीय सरकारको रुपमा काम गर्दा के–कस्ता अप्ठ्यारो आइपरे ?
पहिले त हामीसँग भएको बजेटलाई कार्यान्वयनगर्ने कठीन थियो । किनकी विभिन्न विकासको कामहरुमा इन्जिनियर लगाई अनुमान गर्नुपर्ने र दक्ष इन्जििनियरको अभावको कारण काममा ढिलाई भएको छ । चाहेर पनि कुनै काम अगाडि बढाउनु नसक्ने अवस्था थियो ।
स्थानीय सरकार चलाउन सचिवको नियुक्त नहुँदाको अवस्था । आपूm पनि नयाँ र स्थानीय सरकारको कामको अनुभव पनि नयाँ हुँदाको अवस्थामा पनि सम्भवतःनुवाकोटमा नै पहिलो वडा कार्यालय खडा गरी स्थानीयलाई दिनुपर्ने हरेक कुराको सुविधादिने कोशिस गरे ।भूकम्पले गर्दा स्थानीयको घरबार तहसनहस भएको अवस्थामा सरकारले दिने राहतको लागि पर्याप्त यकिन कानून नभएको, घरको मापदण्ड सरकारबाटै किटान नभएको, घर नाप्ने इन्जििनियर पनि भएकोले आफनै तरिकाले व्याख्या गरि हिडेकोले गर्दा स्थानीयले कस्को कुरा मान्ने भन्ने द्विविधा थियो ।
तर, स्थानीय सरकारलाई पूरा जिम्मेवारी दिइएको भन्ने समाचारहरुका कारण हामी पनि द्विविधामा थियौं । स्थानीयले घर बनाउने प्राविधिक र पैसा दुवै पाइरहेका थिएनन् । तैपनि, प्राविधिक टोलीलिएर घरघर पुगेर स्थानीयको घर पुननिर्मँण गर्न सहयोग गरें ।
स्थानीय बजेट समयमा कार्यान्वयन नहुँदा तपार्इंले वडामा गर्नुपर्ने विकासका कार्यहरुलाई कसरी अगाडी बढाउनु भयो ?
क्तिपय अवस्थामा आफनै स्रोत साधनको प्रयोग गरी वडाका बिग्रिएका बाटोहरु प्रयोग गरे । बर्षातपछि नै गाँउघरमा ओहरदोहर गर्ने सहज भयो । वडाको बजेट ७० लाखको थियो । मेरै नेतृत्वमा वल्र्ड भिजनमार्फत कोप्डेस गेर्खुटार युवाक्लब मार्फत १ करोड भन्दा बढीको लागतमा बाटो, खानेपानी, पहिरो नियन्त्रण, गरिबी निवारणको लागि पशुपालपालन सञ्चालन गरे । सीपयुक्त जनशक्तिको लागि विभिन्न सिलाईबुनाई, भेटनरी ट्रनिङ साथै दक्ष कामदार तालिम दिने व्यवस्था गरी ‘क्यास फर वर्क’ अर्थात आप्mनो कामआफै गर र पैसा पनि आफै लिने व्यवस्था गरें ।
विभिन्न हाते ट्र्याक्टर, धानकुट्ने मेसिन चलाउने लगायत बिषयमा तालिम उपलब्ध गराए ।
अबको अवस्थामा स्थानीयहरुको लागि के गर्नुहुन्छ ?
बेरोजगार युवाहरुको लागि गाँउघरमा कुखुरा पालनसहित मोटरसाइकल मर्मत, विभिन्न अन्नबालीमा लाग्ने रोगको रोकथामको लागि जेटिए तालिमको व्यवस्था गरीयुवा स्वरोजगार कोष खडा गरी खाडी मुलुकहरुमा जानबाट रोक्ने आफ्नै देशमा रोजगार सिर्जन गर्ने योजनामा छौं ।
प्रदेश सरकार बन्न लागेकोले स्थानीय सरकारको पनि नियम कानून बन्ने छ । त्यसपछि काम गर्ने वातावरण मिल्ने आशा छ ।
स्वास्थ्यमा सुधार गर्नुपर्ने कुराहरु धेरै छ । यस नर्जा मण्डवमा भएको स्वास्थ्य कार्यलयमा ल्याबको व्यवस्था मिलाउनको लागि ५ लाख छुट्याएको छु । ल्याबको काम पनि यही स्वास्थ्य केन्द्रबाट हुनेछ । स्वास्थ्य कार्यालय २४ सै घण्टा सेवादिन सक्ने गरी बनाउने प्रयासमा छु ।
धुले र हिले बाटोको ग्रावलिङ गर्ने छु । स्कुलहरुमा दरबन्दी थपघट गरी १ कक्षाबाटै अंग्रेजी शिक्षा लागूगर्ने छु ।
व्यवसायबाट राजनीतिमालाग्दाको अनुभव कस्तो छ ?
आफ्नै व्यवसाय गरिरहेको मान्छेलाई स्थानीयस्तरमा कामगर्दा सुरुमा केही अप्ठेरो अनुभव भएको थियो तर विस्तारै स्थानीय जनताको सुखदुखमा सहभागी हुन पाउँदा उहाँहरुको अनुभव गर्न सिकें । स्थानीयले दिएको मायाका कारण थप ऊर्जा प्राप्त भएको छ । त्यसैले, उहाँहरुको लागि केही गर्नु पर्छ भन्ने भाव आएको छ ।
प्रकाशित समय : १३:४८ बजे