गृहपृष्ठ एक वर्षमा अख्तियारकाे १५५ मुद्दा, ११ अर्ब भ्रष्टाचार भएको तथ्यांक

एक वर्षमा अख्तियारकाे १५५ मुद्दा, ११ अर्ब भ्रष्टाचार भएको तथ्यांक

एक वर्षमा अख्तियारकाे १५५ मुद्दा, ११ अर्ब भ्रष्टाचार भएको तथ्यांक

काठमाडौं – एक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार ५३० रुपैयाँ बराबरको भ्रष्टाचार भएको तथ्यांकसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदनमा आयोगले विशेष अदालतमा १५५ वटा मुद्दा दायर भएको जनाएको छ । ती मुद्दामा सबैभन्दा बढी घुस लिएको मुद्दा नै रहेका छन् ।

आयोगले सबैभन्दा बढी मुद्दा घुस खाएको विषयमा नै दायर गरेको छ । कुल ६४ वटा मुद्दा घुससँग जोडिएका छन् । यस्तै नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ४०, गैरकानुनी लाभ र हानी तर्फ ११ रहेको छन् । यसलाई पनि घुस शीर्षकमा राख्दा आयोगले दायर गरेको कूल मुद्दा मध्ये सबैभन्दा बढी नै यही शीर्षकमा देखिन पुगेको छ ।

यसैगरी सार्वजनिक सम्पत्तिको हिनामिना विरुद्ध भएको कारवाहीबाट ४५ करोड ५५ लाख ६६ हजार ९६ रुपैयाँ असुल उपर भएको छ ।

सार्वजनिक पर्ती जग्गा विभिन्न बहानामा व्यक्तिका नाममा दर्ता कायम गरिएका जग्गा मध्ये आर्थिक वर्ष २०७३/७४ मा पहाडमा ५ रोपनी २ अना ३ पैसा र तराईमा ७७ विगाहा ७ कट्ठा १७ धुर सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ । प्रारम्भिक छानबिनमा रहेका मुद्दाबाट ५ करोड ७३ लाख २२ हजार ८२८ असुल उपर गरिएको छ भने १ करोड ३० लाख ७१ हजार २७६ असुल गर्न सरकारलाई लेखी पठाइएको छ ।

आयोगले सो आर्थिक वर्षमा ७६ बैठक बसी ८६० निर्णय लिएको थियो । तर विशेष अदालतमा दायर गरिएका मुद्दामा भने आयोगलाई ७३.१३ प्रतिशत मात्रै सफलता हासिल भएको छ ।

अनुसन्धानमा देखिएको कमजोरी, विषयगत विज्ञको अभाव तथा कमजोर मुद्दाका कारण भ्रष्टाचार जन्य गतिविधिमा संलग्नले समेत उन्मुक्ति पाएका छन् । तर आर्थिक वर्ष २०७२/७३ मा भन्दा आर्थिक वर्ष २०७३/७४ मा भने १३.१३ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएका छन् ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु