गृहपृष्ठ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी आजदेखि
अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी आजदेखि
काठमाडौं ३ फागुन – भृकुटीमण्डपमा आजदेखि आइतबारसम्म काठमाडौंको दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा नेपाल, भारत, मलेशिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम र नेदरल्याण्डसका १२० प्रदर्शनी कक्ष रहेका छन् ।
आधुनिक कृषियन्त्र तथा उपकरण आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री उद्योग एवं पशुपालन सम्बन्धी विभिन्न उपकरण बिक्रीमा राखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड ९सोनालिका०, महेन्द्रा कम्पनी, पोशकदाना, नेपाल पोल्ट्री महासंघ, कृषिउद्यम केन्द्र–नेपाल, उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा सो प्रदर्शनी शुरु भएको हो । साना औजार, मेशिनदेखि कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको प्रदर्शनीमा राखिएको छ ।
प्रकाशित समय : १८:४७ बजे