global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत मोरिकबीच भेटवार्ता

मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत मोरिकबीच भेटवार्ता

मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत मोरिकबीच भेटवार्ता


बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आज नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचनाअनुसार बनेको प्रादेशिक सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको भेटपछि मुख्यमन्त्रीले पोखरेलले बताए ।
उनले बेलायत सरकारका तर्फबाट ५ नं प्रदेश सरकारसँग सहकार्य गर्न देखाइएको सद्भावप्रति प्रदेश सरकारका प्राथमिकता निर्धारण गरी छिट्टै नै कार्यान्वयनका लागि अनुरोध गर्ने बताएको थियो । सो टोलीले प्रदेश ५ मा खासगरी विकास, कृषि र वातावरणीय संरक्षणको क्षेत्रमा काम गर्नसक्ने भेटमा राजदूत मोरिकले आफूलाई जानकारी गराएको समेत मुख्यमन्त्रीले बताउए ।
उनले प्रदेश सरकारलाई परियोजनाका लागि वैदेशिक सहयोग जुटाउन सक्ने भए पनि यसको संघीय सरकारसँग पूर्व अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाका बारेमा राजदूतको टोलीलाई स्पष्ट गराउनुका साथै प्रादेशिक योजना आयोगको निर्माणपछि लगानीका विषयमा छलफल गर्न सकिने समेत आफूले जानकारी गराएको बताए । मुख्यमन्त्रीसँगको भेटमा डिएफआइडी नेपालका प्रमुख डा रुरिक मार्सर्दन लगायत बेलायती राजदूतावासका प्रतिनिधि र डिएफआइडीका अन्य प्रतिनिधि सहभागी थिए ।

प्रकाशित समय : २१:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु