global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ समृद्धिको मुद्दामा अगाडि बढ्न एकीकृत सहकार्य – प्रधानमन्त्री

समृद्धिको मुद्दामा अगाडि बढ्न एकीकृत सहकार्य – प्रधानमन्त्री

समृद्धिको मुद्दामा अगाडि बढ्न एकीकृत सहकार्य – प्रधानमन्त्री
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) चेम्बर्स अफ कमर्स एण्ड इन्डिस्ट्रज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा शुक्रबारदेखि ‘सार्क विजनेस लिडर्स कनक्लेभ’ सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताए ।

तीन दिनसम्म चल्ने सम्मेलन ९कनक्लेभ०मा सहभागी आठवटै मुलुकका सहभागीले विचार विमर्श गरी विकास र सहकार्यमा सहयोग पुग्ने सुझाव दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सुहाउँदो नीति ल्याएर समृद्धिको बाटोमा लाग्ने बताउनुभयो ।

“हामी निजी क्षेत्रलाई उत्प्रेरित गरेर अगाडि बढ्नेछौँ, अब सरकारी र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नेछ ।” प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण सकिएर आर्थिक संक्रमणको बाटोमा मुलुक अगाडि बढेको भन्दै आर्थिक विकास नै राज्यको मुख्य मुद्दा भएको चर्चा गर्नुभयो ।

शान्ति प्रक्रियामार्फत सबै द्वन्द्व निष्कर्षमा पुगेको भन्दै आगामी दिनमा सार्क मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे । स्थानीय, प्रान्तीय एवं केन्द्रीय सरकार गठन भई काम अघि बढेको आर्थिक विकास नयाँ अध्यायमा अगाडि बढेको स्पष्ट पारे ।

सचिव चन्द्रकुमार घिमिरेले दक्षिण एसियाली क्षेत्रमा रहेका गरिबीको न्यूनीकरणमा सार्क मुलुक एकीकृतरुपमा अगाडि बढ्नुपर्ने बताए। सार्कका महासचिव अम्जाद बि सेयलले विश्वकै ठूलो आर्थिक क्षेत्र सार्क भएको उल्लेख गरे एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सुरक्ष वैद्यले सार्क क्षेत्रमा रहेको अपार सम्भावनालाई सदुपयोग गरेर विकासको बाटोमा आगडि बढ्नुपर्ने बताए ।

सम्मेनलमा उद्यमी, व्यवसायी, वाणिज्य मन्त्री, प्रशासनिक नेतृत्व तथा विज्ञहरूसहित २ सयभन्दा बढी अतिथिले सहभागिता जनाएका छन्। शुक्रबारदेखि तीन दिनसम्म चल्ने कनक्लेभमा शनिबार र आइतबार विभिन्न सेसन हुनेछ । दोस्रो दिन शनिबार विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल हुनेछ र तेस्रो दिन पाँचवटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम छ। सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क मुलुकमा व्यापार र लगानी प्रवर्द्धन, आर्थिक र राजनीतिक संकट विषयमा छलफल कार्यक्रम राखिएको छ। त्यस्तै विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशा लगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु