गृहपृष्ठ अन्तर्राष्ट्रिय मापदण्डको बनाइँदै वित्तीय संस्थाको ब्यालेन्स सिट
अन्तर्राष्ट्रिय मापदण्डको बनाइँदै वित्तीय संस्थाको ब्यालेन्स सिट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको वित्तीय विवरण बनाउँदा अन्तर्राष्ट्रियस्तरको ब्यालेन्स सिटमा बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको शुरुमै नेपाल फाइनान्सिङ रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) मा ब्यालेन्स सिट बनाउन निर्देशन दिइसकेको छ ।
यस्तो ब्यालेन्स सिट अन्तर्राष्ट्रियस्तरका हुनाका साथै एकीकृत हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘बैंक तथा वित्त संस्थाहरूले अहिले बनाउँदै आएको ब्यालेन्स सिट आफ्नै तरिकाको भएकाले यसलाई अन्तर्राष्ट्रिय मान्यताअनुसार बनाउन लागिएको हो,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले चालू आवैकै वित्तीय विवरण बनाउँदा नयाँ मापदण्ड अनुसार बनाउने छन् ।
राष्ट्र बैंकले आफू मातहतका सबै निकायलाई यसरी एनएफआरएस अनुसार ब्यालेन्स सिट बनाउन निर्देशन दिएपछि बीमा समितिले पनि सबै बीमा कम्पनीलाई सोही मापदण्डअनुसारको ब्यालेन्स सिट बनाउन निर्देशन दिएको छ । यो लेखाको नयाँ पद्दती भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बताए ।
‘यो पद्दतीअनुसार ब्यालेन्स सिट तयार पर्दा विश्वले नै बुझने भएकाले हामीले पनि अन्तर्राष्ट्रिय मान्यतालाई अवलम्बन गर्न लागेका छौं,’ उनले भने, ‘यसै आवको वित्तीय विवरण नयाँ पद्दती अनुसार बनाउन बीमा कम्पनीलाई पत्राचार गरेका छौं ।’ सार्क मुलुकहरूमा अहिले श्रीलंकाले इन्टरनेसनल फाइनान्सिङ रिपोर्टिङ स्टान्डर्ड अनुसारको ब्यालेन्स सिट बनाउँदै आएको छ । नेपालले पनि सोही अनुरुप कार्य शुरु गरेको हो ।
प्रकाशित समय : १५:५८ बजे