काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक व्यक्ति पक्राउ

13.04K
shares

९ एमएमको पेस्तोलमा लाग्ने ५० थान गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा मेचीनगर- २ का बद्रीहाङ राईलाई प्रहरीले गोलीसहित सोमबार पक्राउ गरेको हो ।

श्री एयरलाइन्सको जहाजमार्फत झापाकाे भद्रपुर जान लागेका उनी प्रहरीका पूर्वसई रामचन्द्र राईकाे छाेरा भएकाे खुलेकाे प्रहरीले जनाएकाे छ । गाेलीसहितकाे ज्याकेट बुवाकाे भएकाे बद्रीहाङले प्रहरीसमक्ष बयान दिएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।