global ime bank Long Banner Ad

गृहपृष्ठ शेयर बजामा लगानीकर्ताको विश्वास बढ्यो, एकैदिन ४४ अंककको वृद्धि

शेयर बजामा लगानीकर्ताको विश्वास बढ्यो, एकैदिन ४४ अंककको वृद्धि

शेयर बजामा लगानीकर्ताको विश्वास बढ्यो, एकैदिन ४४ अंककको वृद्धि

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि आइतबार सेयर बजारमा उछाल आएको छ । बजारमा उछाल आउदा बजार ४४ अंक बढेको छ । नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबा ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढेर साढे ५१ अंकमा पुगेको थियो ।
त्यसपछि घटेर २६ अंकमा सीमित भएकोमा पुनः उकालो लागेर ४४ अंकमा पुगेको छ । यो एक महिनायताको सबैभन्दा बढी कारोबार हो । आइतबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पानमुलक, विकास बैंक र व्यापार सबै क्षेत्रको सेयर बढेको छ । गत मंगलबारदेखि बढ्न थालेको बजार आइतबासम्म कायम रहेको छ ।
चार कार्यदिनमा सेयर बजार १०१ अंकले बढेको छ । आइतबार सबैभन्दा बढी सेयर सूर्यौदय लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त संस्थाको सेयर १० प्रतिशत बढेको छ । एक दर्जन कम्पनीको सेयर मूल्य न्युनतम ७ देखि १० प्रतिशतसम्म बढेको छ ।
बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु