महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई केटीएम सिटीमा विशेष छुट
वि.सं.२०८३ असोज २९ बिहीवार ११:५१
shares

सारांश
- महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीले विशेष छुट दिने भएको छ ।
- बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीले विशेष छुट दिने भएको छ ।
स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट, सेवा क्षेत्र लगायतका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ केटीएम सिटीमा महालक्ष्मी विकास बैंकका ग्राहकहरूले विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले केटीएम सिटीको १७ वटै आउटलेटहरुमा सम्पूर्ण पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
फेसन तथा लाईफस्टाइलको क्षेत्रमा निरन्तर नवीनता, गुणस्तर र ग्राहकहरुको बदलिँदो आवश्यकतालाई प्राथमिकतामा राख्दै आफ्नो पहिचान स्थापित गरेको केटीएम सिटी नेपालमा अग्रणी पहिचान बनाउन सफल ब्रान्ड हो । कम्पनीले र्स्पोट्सवेयर, ज्याकेट देखी अन्य पहिरनहरुको विक्री वितरण गदै आएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।
























