गृहपृष्ठ प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य उपलब्धि : व्यापार घाटा घटाउन रेलमार्ग र जलमार्ग
प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य उपलब्धि : व्यापार घाटा घटाउन रेलमार्ग र जलमार्ग
काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध आर्थिक हिसाबले नयाँ ढंगबाट अघि बढ्ने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेला आफ्ना समकक्षी नरेन्द्र मोदीसँग महत्वपूर्ण भेट गर्दै सम्बन्धलाई आर्थिक हिसाबले अघि बढाएको विज्ञहरु बताउँछन् । हुन त नेपालले वर्षौंदेखि उठाएको पञ्चेश्वर र अरुण तेस्रो आयोजनाका सम्बन्धमा दुवै देशबीच त्यस्तो कुनै सम्झौता नभएपनि व्यापारका विषयमा भने भारतसँग केही महत्वपूर्ण सहमति भएको छ ।
प्रकाशित समय : १९:५८ बजे



















