global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सरकारी ऋणपत्र जत्तिकै सुनचाँदी ऋण पनि ‘असल कर्जा’ सूचीमा

सरकारी ऋणपत्र जत्तिकै सुनचाँदी ऋण पनि ‘असल कर्जा’ सूचीमा

सरकारी ऋणपत्र जत्तिकै सुनचाँदी ऋण पनि ‘असल कर्जा’ सूचीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जा सम्बन्धि ब्यवस्थाको दायरा बढाएको छ । आइतबार निर्देशन जारि गर्दै सुनचाँदी कर्जालाई पनि असल कर्जाको दायरामा ल्याएको छ । पर्याप्त धितो लिएर प्रति ग्राहक बढिमा १० लाख रुपैयाँसम्म प्रवाह भएको सुनचाँदी कर्जालाई असलमा गणना गर्न पाइने ब्यवस्था गरेको हो ।
यसअघि सुनचाँदी असल कर्जामा वर्गीकरण गरिए पनि पछि हटाइएको थियो । हटाएपछि सरकारी बैंकहरु, जसले गाउँगाउँमा सुनचाँदी धितोमा ऋण दिन्छन् उनीहरुलाई अप्ठेरो परेको थियो । त्यही अप्ठेरो फुकाउनलाई राष्ट्र बैंकले १० लाखको थ्रेसहोल्ड राखेर असल ऋणमा सुनचाँदी कर्जा थपिदिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।
यसवाहेक मुद्दति रसिदको धितोमा गएको कर्जालाई पनि असल मै गणना गर्न पाइने ब्यवस्था थियो । यसलाई राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसैगरी सरकारी तथा राष्ट्र बैंकले जारि गर्ने ऋणपत्रको धितोमा गएको ऋणलाई पनि असल कर्जामा गणना गर्न पाइन्छ ।

प्रकाशित समय : २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु