global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लुम्बिनीमा बन्दैछ २७ करोडको हल, तीन वर्षभित्र तयार हुने

लुम्बिनीमा बन्दैछ २७ करोडको हल, तीन वर्षभित्र तयार हुने

लुम्बिनीमा बन्दैछ २७ करोडको हल, तीन वर्षभित्र तयार हुने


रुपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने हल निर्माण हुने भएको छ । बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर आगामी बैशाख १७ गते प्रधानमन्त्री केपी ओलीले हलको शिलान्यास गर्ने लुम्बिनी बिकास कोषले जनाएको छ ।
दुई वर्षअघि बुद्धजयन्ती समारोहको उद्घाटनका क्रममा हावाहुरीले मञ्च उडाइदिएपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले ५ हजार अट्ने हल निर्माण गर्ने उदघोष गरेका थिए । हावाहुरीले मञ्च उडाईदिएपछि लुम्बिनीमा स्थायी हल बनाउने योजना सहित उनले बजेट बिनियोजन गर्ने बताएका थिए । पोहोर साल हल बनाउनका लागि सरकारले ३८ करोड निकास गरेको थियो ।
लुम्बिनी विकास कोषका ईन्जिनियर सरोज भट्टराईका अनुसार बजेट बिनियोजन भएपछि नयाँ तरिकाको हल बनाउने योजनाका साथ लागेको बताए । उनले ग्लोबल टेन्डरमार्फत ठेक्का दिएको तथा ३८ करोडको बजेट निकासा भए पनि २७ करोडमा ठेक्का स्वीकृत भएको बताए । तीन बर्षभित्र सकिने गरी हल निर्माण हुन लागेको हो । हल निर्माण गर्दा कुनै स्टेज कुर्सी केही नराखी साधारण तरिकाले बनाउनल लागेको पनि इन्जिनियर भट्टराईले बताए ।
लुम्बिनीमा अहिले ३ करोड ९७ लाखको लगानीमा ‘ट्रस स्टाइल’को अर्को भवन समेत बन्दैछ । उक्त भवन नेपाल सेनाले निर्माण सुरु गरेको छ । हल निर्माण नहुँदासम्म यो भवननै कार्यक्रमस्थलका रुपमा प्रयोग हुने बताइएको छ । लुम्बिनी बिकास कोषका सुचना अधिकृत हरिध्वज राणाले ५ हजार जनाले चलाउन सक्ने क्षमताको वाईफाई तथा कपिलबस्तु र देबदहलाई पनि बिषेश ध्यान दिई कार्यक्रममा समावेश गरिने बताए ।

प्रकाशित समय : २२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु