nmb bank

गृहपृष्ठ अत्याधुनिक ट्रान्सफर्मर खरिद गर्दै विद्युत प्राधिकरण

अत्याधुनिक ट्रान्सफर्मर खरिद गर्दै विद्युत प्राधिकरण

अत्याधुनिक ट्रान्सफर्मर खरिद गर्दै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुहावट कम हुने र अत्याधुनिक प्रविधि जडान भएका १ हजार ४ सय थान विद्युतीय ट्रान्सफर्मर खरिद गर्न लागेको छ । ट्रान्सफर्मर खरिदका लागि विद्युत प्राधिकरणले चीन र भारतको संयुक्त कम्पनीलाई ठेक्का दिने तयारी गरेको छ ।
प्राधिकरणले सबैभन्दा कम दर प्रस्ताव गर्ने टीबीइए इनर्जी प्रालि, भारत र टीबीईए सेङयान ट्रान्सफर्मर ग्रुप कम्पनी लिमिटेड चाइनालाई ठेक्का दिने आशयपत्र दिएको छ । आशयपत्र दिएको एक साताभित्र संयुक्त कम्पनीसँग ट्रान्सफर्मर आपूर्तिको ठेक्का सम्झौता हुने छ । ट्रान्सफर्मर ६ महिनामा आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले करिव ४५ करोड रुपैयाँ अर्थात ४४ लाख ४३ हजार डलरमा सो परिमाणमा ट्रान्सफर्मर खरिद गर्न लागेको हो । प्राधिकरणले खरिद गर्न लागेको ट्रान्सफर्मरको क्षमता ५०, १००, २०० र ३०० एमबीएको हुनेछ । संयुक्त कम्पनीले चुहावट कम गर्ने सीआरजीओ ३ डी कोर सीएसवाइपी टाइप प्रविधियुक्त ट्रान्सफर्मरको आपूर्ति गर्नेछ ।
नयाँ प्रविधिको ट्रान्सफर्मरबाट बिजुली चुहावट न्युन हुने र पड्कने जल्नेजस्ता प्राविधिक समस्या धेरै कम आउने भएकाले खरिद गर्न लागेको प्राधिकरण ग्राहक सेवा निर्देशनालयका प्रवन्धक नुतनदेव भट्टराईले जानकारी दिए । उनले नयाँ आउने ट्रान्सफर्मर बढी आधुनिक हुनुका साथै प्राविधिक रुपमा मजबुत भएकाले नयाँ प्रविधि जडान गरिएको ट्रान्सफर्मर खरिद गर्न लागेको उनले बताए ।
नयाँ ट्रान्सफर्मर शहरी क्षेत्रमा जडान गर्न उनले बताए । यसअघि चीनबाट आयात गरिएका विद्युतीय ट्रान्सफर्मरभित्र तामाको तारको सट्टा आलुमुनिय भेटिएको थियो । यस्ता ट्रान्सफर्मर आपूर्ति गर्ने कम्पनीमाथि सरकारले कार्वाही समेत गरेको छ । हाल प्राविधिक चुहावट १६ प्रतिशत बढी छ ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु