global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लगानीकर्तालाई लाभांश दिँदै राष्ट्रिय बिमा कम्पनी

लगानीकर्तालाई लाभांश दिँदै राष्ट्रिय बिमा कम्पनी

लगानीकर्तालाई लाभांश दिँदै राष्ट्रिय बिमा कम्पनी

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले लगानीकर्तालाई लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको १२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।
कम्पनीले निर्जीवन बिमा विभागको अर्थिक वर्ष २०६७/०६८ र २०६८/०६९ को वित्तीय विवरण स्वीकृत गरी अर्थिक वर्ष २०६८/०६९ को वित्तीय विवरणमा हाल कायम भएको चुक्ता पुँजीको उक्त परिणाममा लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै निष्काशन गर्ने जनाइएको छ ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु