global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मानव बेचबिखन वैदेशिक रोजगार ऐनमा समेट्नुपर्छ

मानव बेचबिखन वैदेशिक रोजगार ऐनमा समेट्नुपर्छ

मानव बेचबिखन वैदेशिक रोजगार ऐनमा समेट्नुपर्छ

काठमाडौं, १४ फागुन ।  महिला कानून र विकास मञ्चले मानव बेचबिखन तथा वैदेशिक रोजगारबीचको छलफल कार्यक्रममा वैदेशिक रोजगारीमा जाने महिला मानव बेचबिखनमा परे पनि यस सम्बन्धी कानून नहु“दा पिडिटले धेरै समस्या झेल्दै आउनु परेको छ । दोषी सजायमुक्त भएका छन् ।
वैदेशिक रोजगार सम्बन्धी ऐन २०६४ ले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा, मानव बेचबिखनलाई समेट्न सकेको छैन । र ठगी मुद्दालाई मात्रै दर्ता गरिने हु“दा बेचबिखनमा परेकाले न्यायको लागि भौतारिनु परेको अवस्था छ ।
बेचबिखन ऐनमा कहिं कतै उल्लेख नगरिएकाले बेचबिखनमा संलग्नहुनेहरु उम्कने गरेको छ ।
कार्यक्रममा अधिवक्ता रोश्ना प्रधानले अनुसार ऐनले ठगीलाई मात्र समेटेको र बेचबिखनलाई नसमेटेकाले अब भने ठगी र बेचबिखनमा परेमा दोहोरो मुद्दा चलाउने व्यवस्था ऐनमा संशोधन हुनुपर्ने धारणा राखे ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बेचबिखन र ठगीमा परे दुई कसुरमा मुद्दा चलाउने व्यवस्था हुनु पर्ने बताए ।
सातवटै प्रदेशमा कार्यालय स्थापना गर्नु पर्ने र पहुच नभएकसम्म कानून पुरयाउनु पर्ने बताए । सरकारी तथ्यांक अनुसार गत असार मसान्तसम्म करिब ४७ लाख ७८ हजार वैदेशिक रोजगारमा गएको छ ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु