global ime bank Long Banner Ad

गृहपृष्ठ जम्बो टोलि सहित नेपाल आउँदै सलमान

जम्बो टोलि सहित नेपाल आउँदै सलमान

जम्बो टोलि सहित नेपाल आउँदै सलमान

भारतीय अभिनेता सलमान खान यसै महिना नेपाल आउ“दै छन् । विशेष सुरक्षा टोली सहित उनी नेपाल आउना लागेका हुन् । उनी स“गै १ सय १० जनाको जम्बो टोली पनि नेपाल आउँदैछन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकका बताए ।
सलमानको ‘द दबंग टुर नेपाल’ काठमाडौंको टुँडिखेलमा यहि फागुन २६ मा हुन लागेको हो । सलमानस“गै सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु आउदै छन् । सलमानले आफ्ना फिल्मका चर्चित गीतहरुमा प्रस्तुति दिनेछन् ।
यी उक्त शोमा नेपाली कलाकार गायकद्वय राजेश पायल राई र विजय लामा तथा नायिकाद्वय सुश्मा कार्की र माला लिम्बुको प्रस्तुति रहने आयोजकले बताए । आयोजक ओडीसी इन्टरनेसनलका सिमान्त गुरुङका अनुसार । कार्यक्रमको सुरक्षा लगायका विषयमा अहिले गृहकार्य भइरहेको र यो टुरका लागि सलमानको पारिवारिक कम्पनी सोहेल खान प्रोडक्सनलाई ओडीसीले ५ करोड रुपैयाँ दिने सम्झौता गरेको बताए। नेपाली कलाकारको पारिश्रमिक भने ओडीसीले छुट्टै दिनेछ । सम्पूर्ण खर्च झण्डै १३ करोड लाग्ने बताए ।
३० हजार दर्शक उपस्थित हुने आशा गरिएको गुरुङले बताए । टिकट मूल्य ३ हजारदेखि २० हजारसम्म छ ।
कार्यक्रममा नेपाली कलाकारको प्रस्तुतिमा दिनेश डिसीले उद्घोषण गर्नेछन् भारतीय कलाकारको प्रस्तुतिमा मनिष पलले उद्घोष गर्नेछन् ।
सलमान खान २५ फागुनमा नेपाल आउने २७ फागुनमा भारत फर्किने छन् । हेलिकोप्टर चार्टर्ड गरेर उनलाई चन्द्रागिरी पुर्यानउने र सगरमाथा देखाउने कार्यक्रम रहेको गुरुङले बताए ।
१९९४ मा नेपाल आएका २४ वर्षपछि नेपाल आउन लागेका हुन् ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु