गृहपृष्ठ सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित
सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित
काठमाडौँ, १२ असार :
राष्ट्रियसभा बैठक
सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक। तस्बिर : गोपाल दाहाल/रासस
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।
राष्ट्रियसभा सदस्य रेणु चन्दले प्रस्तुत गर्ेकि ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’लाई सर्वसहमतिले पारित गरेको हो ।
सो प्रस्तावमा उल्लेखित प्रस्तावको प्रभावकारी कार्यान्वयनका प्रगति हरेक तीन महिनामा सभा समक्ष पेस गर्न सभाध्यक्ष नारायणप्रसाद दाहालले निर्देशन दिए । प्रगतिको अनुमगन गर्न समेत सम्बन्धित समितिलाई उनले आग्रह गर्ेका थिय ।
प्रकाशित समय : १९:३२ बजे



















