गृहपृष्ठ १२ प्रतिशत बोनस दिने एसियन लाइफको प्रस्ताव

१२ प्रतिशत बोनस दिने एसियन लाइफको प्रस्ताव

१२ प्रतिशत बोनस दिने एसियन लाइफको प्रस्ताव

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट विद्यमान चुक्ता पुँजीको १२ प्रतिशतले बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भएको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेनजलाई दिएको जानकारीअनुसार चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ कराडे ६६ लाख ७१ हजार १८८ रुपैयाँ ८० पैसा बोनस शेयर र ०.६३ प्रतिशतले हुन आउने ५० लाख ८७ हजार ९५७ रुपैयाँ ३१ पैसा नगद लाभांश दिने भएको हो । उक्त बोनस तथा लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात मात्रै दिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु