nmb bank

गृहपृष्ठ इन्भेष्टमेण्ट बैंकको तीन नयाँ शाखा विस्तार

इन्भेष्टमेण्ट बैंकको तीन नयाँ शाखा विस्तार

इन्भेष्टमेण्ट बैंकको तीन नयाँ शाखा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एकैदिन पर्वत, बैतडी र भोजपुरमा गरी तीन वटा शाखा विस्तार गरेको छ । यीसँगै अब बैंकको शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) पुगेको छ ।
पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४ औं, ६५ औं र ६६ औं शाखा विस्तार गरेको हो । पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा नेपाल इन्भेष्टमेण्ट बैंकको पाँच वटा शाखा पुगेको छ ।
त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलसेन धनगढी गरी प्रदेश नम्बर ७ मा नेपाल इन्भेष्टमेण्ट बैंकको चार वटा शाखा पुगेको छ । यसैगरी भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा नेपाल इन्भेष्टमेण्ट बैंकको आठ वटा शाखा पुगेको छ ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु