nmb bank

गृहपृष्ठ नेपालगन्जमा उपमहानगरपालिकामा पोर्टल र मोबाइल एप सेवा

नेपालगन्जमा उपमहानगरपालिकामा पोर्टल र मोबाइल एप सेवा

नेपालगन्जमा उपमहानगरपालिकामा पोर्टल र मोबाइल एप सेवा

 

नेपालगन्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधिको उपयोगीता र व्यापकता बढाइएको हो । नेपालगन्जमा यो प्रविधि निर्माण र सेवा प्रवाहले स्मार्ट सिटीको प्रारम्भीक शुरुवात भएको पनि संकेत देखाएको छ ।

काठमाडौ लिभिङ ल्याब्सको प्राविधिक सहयोगमा निर्मित वेभसाइड र एप्लिकेशनको आज नेपालगन्जमा उद्घाटन गरेर शुभारम्भ गरिएको छ । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगन्जमा शुरु गरिएको हो । यसअघि निलकण्ठ नगरपालिकामा मात्र सेवा शुरु भएको छ । प्रदेश न ५ प्रदेश सभा सदस्य कृष्णा केसी, युएसएआइडीका एन्टी क्रप्सन एवं गुड गभरनेन्स विषयका वरिष्ठ सल्लाहकार भिक्टोरिया अयर, नगर प्रमुख डा धवल शम्शेर राणाले संयक्त रुपमा ल्यापटपमा क्लिक गरेर सेवा शुरु भएको जानकारी दिए ।

सभाषद केसीले प्रविधिलाई विकास र जनतासँग गाँसेर अघि बढ्नु अहिलकोे माग र आवश्यक्ता भएको उल्लेख गरिन् । जनताको विश्वासलाई अवसरका रुपमा लिन आहवान गर्दै सदस्य केसीले नेपालगन्जलाई समृद्ध शहर बनाउनु सबैको दायित्व भएको बताइन् । युएसएआइडीका एन्टी क्रप्सन एवं गुड गभरनेन्स विषयका वरिष्ठ सल्लाहकार अयरले सेवालाई सबैको पहुँचमा ल्याउन सबैको साथ हुनुपर्ने आवश्यक्ता औल्याइन् ।

नगर प्रमुख राणाले सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन अनेकन चुनौती भएपनि कन्जुस्याई नगरिने स्पष्ट पारे । नगर उपप्रमुख उमा थापामगरले प्रविधीमैत्री सेवाले जनताको कामलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् । जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसी, एफएचआई ३६० का विष्णु सापकोटा, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतल शुभकामना मन्तव्य व्यक्त गरे ।

वडा अध्यक्ष, नगरसदस्यसहित विशिष्ठ अतिथीको सहभागिता रहेको कार्यक्रममा वेभसाइडको सेवाका बारे विस्तृत जानकारी गराइएको थियो । नयाँनयाँ प्रविधिलाई भित्र्याउन उपमहानगरपालिका प्रतिवद्ध रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले एप्स सेवाले जनतालाई घरमै सेवासुविधा प्रदानसँगै भावी रणनीति बनाउन पनि आवश्यक सल्लाह सुझाव दिन आम जनतासँग अपील गरे । मोबाइलमा प्ले स्टोरबाट नेपालगन्ज उपमहानगरपालिका लेखेपछि एप्स देखाउने र एप्स डाउनलोड गरेर सम्पूर्ण तथ्य हेर्न सकिने उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले जानकारी दिए ।

स्मार्टफोन प्रयोगकर्ताको संख्या बढदै गएकाले सेवा प्रवाहमा सहजता र प्रभावकारिताका लागि मोबाइल एप्लीकेशन निर्माणको आवश्यक्ता बढेको हो । वेभसाइडमा उपमहानगरपालिकाको प्रोफाइल, वेजट, परियोजना, सेवा, संशोधन, सूचना तथा गतिविधि, नक्सा आदि सम्पूर्ण तथ्यहरु समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना प्रगतिसँगै जनताले नगर प्रमुखसँग हटलाइन कुरा गर्न सक्नेसम्मको व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु