काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरू हुँदै

12.68K
shares

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन् । ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिएका थिए ।

गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो । अन्तिम सुनुवाई सुरू गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग लिखित जवाफ मागेको थियो । सम्बन्धित पक्षबाट जवाफ र आवश्यक कागजात प्राप्त भइसकेको सर्वोच्चले जनाएको छ ।

रिटमाथि आजबाट सुनुवाइ हुने भए पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले आदेश आउन करिब एक महिना लाग्नसक्ने सर्वोच्चले जनाएको छ । यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन भइसकेको छ ।