global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको  सर्वेक्षणबाट   प्राप्त गुनासो  स्थानीय तहमा पठाइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको  सर्वेक्षणबाट   प्राप्त गुनासो  स्थानीय तहमा पठाइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको  सर्वेक्षणबाट   प्राप्त गुनासो  स्थानीय तहमा पठाइने

काठमाडौं,  १८ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा आज बसेको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षण विवरणको विश्लेषन पुनःनिर्माण, गुनासोकर्ताको सूची तयार गरि स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।
विभिन्न कारणले विगतमा छुट भएका लाभग्राही सूचीमा पर्न नसकेका भूकम्पपीडितलाई प्राधिकरणले केन्द्रबाटै इञ्जिनीयर परिचालन गरी प्रभावित जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण गरेको थियो । सर्वेक्षण गरिएको नामावलीलाई स्थानीय तहले अन्तिम प्रमाणीकरण गरी सिफारिश गरेमा प्राधिकरणले लाभग्राही सूचीमा समावेश गर्ने सहसचिव नेत्र सुवेदीले जानकारी दिए । छुट तथा पुनःजाँच सर्वेक्षणका क्रममा भूकम्प अतिप्रभावित १४ जिल्लाबाट एक लाख ३० हजार बढीको गुनासो दर्ता भएको थियो ।


जोखिमयुक्त वर्गका घर निर्माणमा पहल

प्राधिकरणले चार वर्गका भूकम्प पीडितको जोखिमयुक्त घर निर्माणको पहल अगाडि बढाएको छ । कार्यविधि तयार गरी ७० बर्षमाथिका वृद्धवृद्धा, ६५ नाघेका असक्त, एकल महिला, दृष्टिविहिन, रातो, निलो कार्डधारी, अपांगता भएका र १६ वर्ष मुनिका नाबालिकको घरबासको व्यवस्था गर्न लागत संकलनको कार्य अघि बढाएको छ । १४ जिल्लामा करिब १६ हजार २ सय ५ जोखिमयुक्त वर्गका लाभग्राहीको प्रारम्भिक आंकडा प्राधिकरणको एमआईएस शाखाले निकाल्नुका साथै स्थानीय सरकार मार्फत लागत माग पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा अन्य उच्च अधिकारीले बेलायती विकास नियोग ‘डिफिड’का प्रतिनिधिहरुस“ग यसबारेमा छलफल गरेको छ । नेपालका लागि पुनर्निर्माण सल्लाहकार म्याग्नस मुरे र पुनर्निर्माण टिमका प्रमुख लियोनार्ड टेडसहितको टोलीले पीडितको घर निर्माण गर्ने ढा“चाबारे आफ्नो धारणा राखेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थास“ग छलफल गर्ने योजनासाथ अगाडी बढ्ने बताएको छ ।

प्रकाशित समय : ०२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु