global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन १८ महिनाभित्र निर्माण र थाई रेडक्रसको करिब ४५ करोड आर्थिक सहयोग

रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन १८ महिनाभित्र निर्माण र थाई रेडक्रसको करिब ४५ करोड आर्थिक सहयोग

रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन १८ महिनाभित्र निर्माण र थाई रेडक्रसको करिब ४५ करोड आर्थिक सहयोग

काठमाडौं, १८ फागुन । प्रदर्शनीस्थित मार्गमा रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ । २०२३ देखि रक्तसञ्चार सेवा गर्दै आएको केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको थियो । नेपाल रेडक्रस सोसाइटीले हाल अस्थायी रुपमा ललितपुर ग्वार्कोबाट संचालन गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड एवं आवश्यक उपकरणका लागि नेपाल रेडक्रसलाई थाइल्याण्ड९थाई० रेडक्रसले ४५ करोड आर्थिक सहयोग प्रदान गरेको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको आज शिलान्यास गरेका छन् ।

सोसाइटीका प्रबन्ध निर्देशक एवं भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालकाले पाँचतले अत्याधुनिक भवन १८ महिनाभित्र बन्ने बताए । रक्त सेवालगायत अनुसन्धान कक्ष समेत रहनेछ । लामा कन्ट्रक्सन कम्पनीले भवन निर्माणको जिम्मा पाएको छ ।

दैनिक ४०० युनिटभन्दा बढी रगत माग हुने गरेको छ भने सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको विभाग प्रमुख दिव्यराज पौडेलले बताए । गत वर्ष मात्र केन्द्रले करीव तीन लाख ३७ हजार ३२१ युनिट रगतको सेवा दिए ।
कार्यक्रममा सांसद जीपछिरिङ शेर्पाले मापदण्ड अनुसारको भवन समयभित्र गुणस्तरीय र सुरक्षित रुपमा बन्ने जानकारी दिए । कामपाका प्रमुख शाक्यले सामाजिक संघसंस्थाको भवन निर्माण गर्दा नक्शा पासमा करको छुटको व्यवस्था गरिएको जानकारी दिए । सोसाइटीका अध्यक्ष थापा र महामन्त्री देवरत्न धाख्वाले रगतको सुरक्षा र स्वच्छतामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । थाई राजदूत तान्स्कुलले आगामी दिनमा नेपाल रेडक्रसलाई थप सहयोग गरिने बताए ।

प्रकाशित समय : ०१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु