गृहपृष्ठ प्रम ओली र अमेरिकी राजदूतबिच भेट, अमेरिकी सरकार नेपालको विकासमा सधैं तत्पर रहने

प्रम ओली र अमेरिकी राजदूतबिच भेट, अमेरिकी सरकार नेपालको विकासमा सधैं तत्पर रहने

प्रम ओली र अमेरिकी राजदूतबिच भेट, अमेरिकी सरकार नेपालको विकासमा सधैं तत्पर रहने

काठमाडौं,  १८ फागुन । केपी प्रधानमन्त्री शर्मा ओली र नेपालको लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरिएको छ ।

आज भएको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई पठाएकामा धन्यवाद दिदै अमेरिकी सरकारले नेपालको विकासलगायत लामो समयदेखि विविध क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)
परियोजनाले नेपालको ऊर्जा र यातायात विकासमा ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल शुरु गर्न आग्रह गरेको छ ।

राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग जारी रहने बताए । नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा भएको वातावरण परिवर्तनको विषयमा राजदूतको ध्यानाकर्षण गराएको छ र आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताए ।

प्रकाशित समय : ०२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु