global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र (एमडिजिपी) स्नातकोत्तर तहको पाठ्यक्रमको निर्माण गरेको छ ।

पाठ्यक्रम विकास समितिका संयोजक डा तरुण पौडेल, समितिका अन्य छजना सदस्यसहित नेपालका विज्ञ चिकित्सकको टोलीले पाठ्यक्रम निर्माण गरेको हो । लामो समयदेखि पाठ्यक्रम निर्माणमा संलग्न रहेको समितिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार निर्माण कार्य पूरा गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले जानकारी दिए ।

उहाँले भन्नुभयो, “समितिसहितको समग्र विज्ञ चिकित्सकको उत्साहजनक सहभागिताले पाठ्यक्रम अनुमोदन गरिसकेको छ । यसले कर्णाली प्रदेश, प्रतिष्ठान र यहाँका महिला, बालबालिकाको समस्यालाई सम्बोधन गर्ने र उन्नयनमा सहयोग पु¥याउने छ ।” यो कार्य कर्णाली प्रदेशकै लागि ठूलो उपलब्धि हुने उनको भनाइ छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा डा धर्मराज श्रेष्ठले मुलुकभरिका शतप्रतिशत विज्ञको सहभागितामा बनेको पाठ्यक्रम अब नेपाल मेडिकल काउन्सिलमा पेश गर्ने तयारीमा रहेको बताए ।

पाठ्यक्रम अनुसारको मापदण्ड पुगे नपुगेको बारे काउन्सिलले हेरेर दिएको स्वीकृति बमोजिम यो कार्यक्रम शुरु गर्छौं,” शिक्षाध्यक्ष श्रेष्ठले बताए। खासगरी यो कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम, संकाय र पूर्वाधार आवश्यक हुने उनको भनाइ छ ।

प्रतिष्ठानका डिन प्रा डा मोदनाथ मरहट्टाले निर्मित पाठ्यक्रमले बालरोग, स्त्रीरोग, हाडजोर्नी, जनरल मेडिसिन, एनेस्थेसिया विधाका विशेषज्ञ जनशक्ति उत्पादन गर्ने बताए । नेपालको चिकित्सा जगतमा विज्ञ र अनुभवी डाक्टर यसरी जमघट भएको अवस्था थिएन,” उहाँले बताए ।

यद्यपि प्रतिष्ठान जुम्लाद्वारा आयोजित कार्याशाला गोष्ठीमा सबै विधामा दखल राख्ने प्राध्यापक तथा डाक्टरहरुको संलग्नतामा पाठ्यक्रम बनाइएको छ,” डिन मरहट्टाले भने ।

यसअघि एनेस्थेसिया सहायकको पनि पाठ्यक्रम तयारी गरिएको बताउँदै डिन मरहट्टाले भने, स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्राध्यापक, चिकित्सक, शिक्षकको अनुसन्धान तथा प्राध्यापन कला, ज्ञान र सीप अभिवृद्धिका लागि ‘साइन्टिफिक राईटिङ्’ (वैज्ञानिक लेखन) सम्बन्धी तालीम प्रदान गरेको छ ।”

पाठ्यक्रम निर्माणमा नेम्स, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), पाटन तथा बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र मध्यपश्चिम क्षेत्रीय अस्पताल र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ चिकित्सकको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा प्रतिष्ठानले शैक्षिक तथा प्राज्ञिक गतिविधिलाई गतिशील बनाउँदै लगेको छ । २०७० सालदेखि स्टाफ नर्स र २०७२ सालदेखि एचए (स्वास्थ्य सहायक) कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले आगामी २०७५ सालको वैशाखदेखि मिडवाइफरी तह सञ्चालन गर्ने तयारीमा पुगेको र बिपीएच तहको पठनपाठनको पनि योजना रहेको जनाएको छ ।
रासस

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु