काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाराको मनहर्वामा मेन्था खेती

13.55K
shares

कलैया । एक हजार तीन सय बिघा जमिनमा बाराको मनहर्वामा नेचुरल रिसिस प्रालिले यसवर्ष मेन्था खेती गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी रु ६ करोड बराबरको आठ हजार एक सय किलो उत्पादन गरेको थियो ।

क्यामोमाइल तेल प्रतिबिघा चारदेखि पाँच किलो उत्पादन हुन्छ । प्रतिकिलो रु २१ का दरले बिक्री हुने गरेको सो लिमिटेडका प्राविधिक सल्लाहकार अजयकुमार जसवालले बताए । यस्तै, मेन्था तेल प्रतिबिघा एक सयदेखि १५० किलो उत्पादन हुन्छ भने प्रतिकिलो रु एक हजार ५० का दरले बिक्री हुन्छ ।