global ime bank Long Banner Ad

गृहपृष्ठ १७७ वनमा आगलागी

१७७ वनमा आगलागी

१७७ वनमा आगलागी

काठमाडौं । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका छन् ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले हिउँद यामसँगै हावाहुरी र गर्मीले धेरै वनमा आगलागी हुने गरेको जानकारी दिए । देशभर कति हेक्टरमा आगलागी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ,”, उहाँले भने । गत आर्थिक वर्षमा विभिन्न जिल्लाका तीन लाख ५० हजार हेक्टरमा आगलागी भएको थियो ।

प्रकाशित समय : २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु